थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि

  • शनिबार, फाल्गुन २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौँ, २९ फागुन । पछिल्लो २४ घण्टामा देशभर थप ६० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ३६२ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण दुईको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार १६८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७२ जना छन् । यससँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७१ हजार २४९ पुगेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ९१५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४९ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेसनमा छन् । हालसम्म नेपालमा २२ लाख १२ हजार ७९६ को पिसिआर परीक्षण भएको छ । हालसम्म तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी