पुरातात्विक महत्वको कमलपोखरीमा मध्यरातमा चलाईयो डोजर

पुरातात्विक महत्वको कमलपोखरीमा मध्यरातमा चलाईयो डोजर

  • मङ्लबार, माघ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं माघ ५ । पुरातत्व विभागको निर्देशन विपरित कमलपोखरीमा रातारात डोजर चलाएर जैविक हिलो माटो निकालिएको छ । सो हिलो माटो नारायणस्थान बुढानिलकण्ठमा लगिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १ रहेको पोखरीको मौलिकता मास्ने र क्षेत्रफल खुम्च्याउने गरी महानगरले पोखरीलाई कंक्रिट संरचना बनाउन थालेपछि निर्माण रोक्न माग बढेको थियो ।

पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भएपनि त्यसको वेवास्ता गर्दै मध्यरातमा नै डोजर चलाएर कमलपोखरी हिलो माटो निकालिएको हो ।

पोखरी निर्माण प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधि भित्र रही कार्य गर्न पुरातत्व विभागले पठाएको पत्रको महानगरले वेवास्ता गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी