भदौ १७ काठमाण्डौं । नेपाल मेडिकल काउन्सीलले कोरोना महामारीका कारण रोकिएको चिकित्सक लाईसेन्स परीक्षा भदौ २० गते शनिबार गर्ने भएको छ ।
काउन्सीलले एक सूचना जारी गरी एमबीबीएस र एमडीका लागि बिहान ९ बजेदेखि १२ बजे सम्म परीक्षा हुने जनाएको छ ।
साथै काठमाण्डौ परीक्षा केन्द्र रोजेकाहरुका लागि भने १८ गते नयाँ केन्द्र तोकिने काउन्सीलले जनाएको छ ।
विपी प्रतिष्ठान धरान,बिराट मेडिकल कलेज बिराटनगर, लाहानको बाटिका टुरीजम, जानकी मेडिकल कलेज जनकपुर,नेस्नल मेडिकल कलेज बीरगञ्ज, देवदह मेडिकल कलेज बुटवल, कलेज अफ् मेडिकल साईन्सेस चितवन रहेको छ ।
यस्तै पोखराको मणिपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज केन्द्र तोकिएको छ ।
काठमाण्डौ केन्द्र भने तोकिन बाँकी रहेको छ ।
हेर्नुस् काउन्सीलको सुचना कसको परीक्षा केन्द्र कहाँ छ ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline