डुडुवाको स्वास्थ्य संयोजकद्धारा स्वास्थ्य संस्था शिल गर्न माग, प्रजिअ कोरोना नियन्त्रणमा असफल रहेको रोकाको व्यंग्य

डुडुवाको स्वास्थ्य संयोजकद्धारा स्वास्थ्य संस्था शिल गर्न माग, प्रजिअ कोरोना नियन्त्रणमा असफल रहेको रोकाको व्यंग्य

  • सोमवार, साउन २६, २०७७
  • समिर अलि बेहना

  • 11.4K
    SHARES

बाँके,२६ साउन । कोरोना संक्रमण समुदाय स्तरमा फैलिए पछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरे पनि डुडुवा गाउँपालिकामा कुनै प्रभाव देखिएको छैन ।
डुडुवाको बेतहनी र शाह पुर्वा स्वास्थ्य चौकिमा पनि अत्यधिक भिड रहेको पाइएको अधिकारकर्मी पुजा वैश्यले बताउनु भयो ।
शाहपुर्वा आधारभुत स्वास्थ्य संस्थामा एउटा कोठा मात्र छ तर त्यो कोठामा दर्जनौ व्यक्तिहरु बसेर कुराकानीमा समय बिताउने गरेको पाइएको थियो ।
कोरोनाको जोखिम र त्रास रहेका बेला स्वास्थ्य कर्मीहरुले स्वास्थ्य मापदण्ड प्रयोग नगर्नु नै सबैभन्दा दुर्भाग्य भएको अधिकारकर्मी वैश्यको भनाइ छ ।
उहाँले नेपालगञ्ज मात्र होइन सरकारी कार्यालयहरुलाई पनि स्वास्थ्य मापदण्डमा ल्याउनमा लागि पहल गर्न प्रमुख जिल्ला अधिकारी संग अपिल गर्नु भयो ।
यता शहपूर्वा स्वास्थ्य संस्थाका प्रमुख खडक बहादुर रोकाले औषधि लिन आउनेहरुको स्वास्थ्य परिक्षण गरि औषधि दिने गरेको बताउदै कोठा अभावका कारण एउटै कोठामा बस्ने गरेको बताउनु भयो।
शहपुर्वा आधारभुत स्वास्थ्य संस्थामा १ कस, ७ जना स्वास्थ्यकर्मी सहित ८ जना रहेको र एउटै कोठामा बस्ने गरेको रोकाले बताउनु भयो । रोकाले प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको कार्यशैलीलाई व्यंग्या गर्दै भने सिडियोले दुरी कायम नगरी कम्मरमा हाथ राखेर फोटो खिचाउँदै गर्दा लागेन भने हामी स्वास्थ्यकर्मीहरुलाई कोरोना नलाग्ने दाबी गर्नु भयो । उहाँले डुडुवाको गाउँ पालिका अध्यक्ष आए पनि भौतिक दुरी कायम गर्न नसक्ने जिकिर गर्नु भयो ।
यता डुडुवा गाउँपालिका का स्वास्थ्य संयोजक धन बहादुर बुढाले आफ्नो सामाजिक संजालमा सरकारी कार्यालयहरु संगै अस्पताल र स्वास्थ्य संस्थाहरुलाई सिल नगरे सम्म कोरोना नियन्त्रण नआउने स्टाटस लेख्नु भएको छ ।
स्मरण रहोस डुडुवा गाउँपालिका ४ का स्वास्थ्य प्रमुख रोकाले प्रमुख जिल्ला अधिकारीले कोरोना नियन्त्रणका लागि निर्वाह गर्दै आउनु भएको कामलाई गलत तरिकाले व्यंग्य गरेकै दिन डुडुवाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रण को काममा सहयोग गर्नुको साटो सक्रिय तरिकाले लागि रहेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङको कामलाई व्यंग्य गर्ने रोका माथि के कार्वाही होला त ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी