कन्चनपुर, १८जेठ । भारतबाट फर्किएका नेपालीमा कोरोनाका जस्तै लक्षण देखिन थालेपछि धमाधम आईसोलेशनमा बस्दै छन् । महाकाली अस्पतालमा साताको अवधिमा १३ जना भर्ना भएका छन् ।
३ बर्षिया बालिकादेखि ५२ बर्षिया बृद्धि अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०ले आरडिटी रिर्पोटमा पोजेटिभ आएका १३ जनालाई अस्पतालमा राखिएको बताए । ‘आरडिटी पोजेटिभ देखिएका सबै जना आईसोलेशनमा छन, ‘अध्यक्ष जोशीले भने, ‘कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन गरेका छौँ ।’ अस्पतालमै कोरोना परीक्षणका लागि मेसिन नहुँदा समस्या भईरहेको भन्दै अध्यक्ष जोशीले मेसिनको माग गरेका छन् । ‘हामीले अस्पतालमै कोरोना परीक्षण मेसिन मागेका छौँ, ‘अध्यक्ष जोशीले भने, ‘तर अहिलेसम्म प्रदेश र संघीय सरकारले ध्यान दिएन् ।’
महाकाली अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारबाट ५० सैयाको आईसोलेशन कक्ष निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष जोशीले बताए ।‘हामी स्रोत साधन अभावका विच पनि कोरोना रोकथामका लागि युद्धस्तरमा जुट्छौँ, ‘उनले भने, ‘कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी एवम डाक्टरका लागि छुट्टै बसोबासको प्रबन्ध गछौँ ।’