काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले चितवन मेडिकल कलेजको छात्राबासमा ‘गोली सहितको पेस्तोल’ भेटिएको भन्ने प्रायोजित र सुनियोजित हल्ला चलाएर उक्त कलेजको छात्राबासका निहत्था विद्यार्थीहरूमाथि प्रहरीले गरेको कुटपिट, दुव्र्यवहार, ज्यादतिको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्देशनमा भएको उक्त घटनाको घोर भत्र्सना एवं घृणा गर्दै मेडिकल माफियाहरूको दादागिरी, चरमरूपमा गैरकानूनी ढङ्गले गरिएको आर्थिक शोषणको विरूद्ध शान्तिपूर्ण ढङ्गले आफ्ना आवाजहरूमार्फत आन्दोलनमा रहेका विद्यार्थीहरूलाई मेडिकल माफियाहरूकै ईसारा दमन गर्नु वर्तमान सरकारको अनैतिक र कायरतापूर्ण हर्कत भएको ठोकुवा गरेका छन ।
अध्यक्ष ढकालले चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द लगायतका विद्यार्थीहरूलाई झुठा मुद्दामा फसाउँने सुनियोजित षडयन्त्रका साथ यो घटना भएको र यसमा हाल मुलुकमा मेडिकल शिक्षामा लूट मच्चाई राखेका मेडिकल माफियाहरूको प्रत्यक्ष संलग्नता रहेको समेत ठोकुवा गरेका छन ।
उनले आज रुपन्देहीको बुटवलमा आयोजित भारतीय साम्राज्यवादले नेपाली भूमी अतिक्रमणको विषयमा गरिएको विशाल विद्यार्थी प्रदर्शनमा प्रहरीले गरेको धरपकड तथा गिरफ्तारीको पनि घोर निन्दा एवं भत्र्सना गरेका छन् ।
उक्त प्रदर्शनको क्रममा ३ जना विद्यार्थीहरूलाई प्रहरी गिरफ्तार गरेको छ । देशव्यापीरूपमा न्यायपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीहरूलाई दमन नगर्न चेतावनी दिदै उनले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो भूमिको रक्षार्थ सडकमा आएका विद्यार्थीमाथि सरकारी दमनले अहिलेको ओली सरकार भारतीय शासकहरूको वफदार नोकर भएको कुरा पुष्टि भएको छ । गिरफ्तार गरिएका विद्यार्थीहरूलाई तत्काल विना शर्त रिहाइ गर्न हामी जोडदार माग गर्दछौं । यसरी देशव्यापीरूपमा न्यायपूर्ण आन्दोलनमा उत्रेका विद्यार्थीहरूलाई दमन नगर्न ओली सरकारलाई चेतावनी दिन चाहन्छौं, अन्यथा संघर्षबाट दमनको प्रतिवाद गरिनेछ ।”
अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ –
