नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ कोशी प्रदेशको भेला सम्पन्न: राज्य र कम्पनी व्यवस्थापनप्रति आक्रोश, नयाँ नेतृत्व चयन

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ कोशी प्रदेशको भेला सम्पन्न: राज्य र कम्पनी व्यवस्थापनप्रति आक्रोश, नयाँ नेतृत्व चयन

  • सोमवार, साउन २५, २०८३
  • मिर्मिरे अनलाइन

  • 741
    SHARES

दमक, झापा । “बीमा क्षेत्र केवल जोखिम बहन गर्ने विधि मात्र होइन, यो जनताको जीवनस्तर र देशको समग्र अर्थतन्त्र विकासको एउटा महत्त्वपूर्ण माध्यम पनि हो।”

नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका उपाध्यक्ष सिपि कँडरियाले व्यक्त गर्नुभएको यो भनाइले बीमा क्षेत्रमा अभिकर्ताहरूको भूमिका र विद्यमान चुनौतीलाई प्रस्ट पार्छ। बीमा एवं वित्तीय साक्षरताको अभियानसहित बीमितहरूको वित्तीय सल्लाहकारका रूपमा अहोरात्र खटिने अभिकर्ताहरू अब आफ्ना पेसागत हकहित र बीमितको अधिकार रक्षाका लागि सशक्त र तीव्र रूपमा संगठित हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।

उपाध्यक्ष कँडरियाका अनुसार बीमा क्षेत्र मूलतः राज्यको दायित्वभित्र पर्ने विषय हो। तर राज्य नै गैरजिम्मेवार बन्दै आफ्नो दायित्वबाट पन्छिँदै गएपछि यो क्षेत्रमा निजी क्षेत्रको सक्रियता र दायरा बढेको उहाँको ठम्याइ छ।

यसै वैचारिक प्रतिबद्धता र पेसागत एकतालाई बल पुर्‍याउने उद्देश्यका साथ नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ (नेपाल लाइफ इन्स्योरेन्स) कोशी प्रदेश भेला २०८३ साउन २४ गते आइतबार झापाको दमकस्थित कन्काई पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।

खड्गबहादुर दर्नाल (के.बी.) को अध्यक्षता तथा नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष रामकुमार बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले टिकाराम उप्रेतीको अध्यक्षतामा नयाँ कोशी प्रदेश कार्यसमिति चयन गरेको छ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा जनक कोइराला, उपाध्यक्षमा धीरज अग्रवाल र रेनुका उप्रेती, सचिवमा नेत्रप्रसाद प्रसाईं, सह-सचिवमा नवीन खरेल तथा कोषाध्यक्षमा विशाल अधिकारी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा कृष्णबहादुर विश्वकर्मा, जीवनज्योति बज्राचार्य र भगिरथा उप्रेती रहनुभएको छ।

भेलाका प्रमुख अतिथि एवं संघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष रामकुमार बुढाथोकीले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

कार्यक्रममा संघका राष्ट्रिय समिति सचिव श्रीप्रसाद सिटौला, नेपाल लाइफ केन्द्रीय समितिका उपाध्यक्ष तेजमणि प्रसाईं लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन केन्द्रीय सचिव तेजप्रसाद तिवारीले गर्नुभएको थियो।

कम्पनीको विभेदकारी नीति र कर वृद्धिप्रति कडा आपत्ति

भेलाले अभिकर्ताको हकहित सुनिश्चित गर्न र बीमितहरूले पाउने बोनस दर उच्चतम बनाइराख्न संघ निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिएको छ।

यसैक्रममा, कम्पनी व्यवस्थापनले समान हैसियतका अभिकर्ताहरूलाई ‘काख र पाखा’ गरी अपमानपूर्ण व्यवहार गरेको भन्दै सहभागीहरूले तीव्र असन्तुष्टि जनाएका छन्। आगामी दिनमा कम्पनीका कुनै पनि कार्यक्रममा अभिकर्ताहरूलाई अपमान गर्ने दुस्साहस वा गतिविधि गरिए कडा प्रतिवादमा उत्रिने चेतावनीसमेत दिइएको छ।

त्यस्तै, बीमा ऐनमा रहेका अभिकर्ताविरोधी तथा विवादित व्यवस्था, संस्थागत अभिकर्ता र कर्पोरेट छुट जस्ता असमान प्रावधानहरू तुरुन्त हटाउन नियामक निकाय र सरकारसँग जोडदार माग गरिएको छ। अध्ययन नै नगरी साउन महिनादेखि हचुवाका भरमा अभिकर्तामाथि जबरजस्ती लादिएको कर वृद्धिप्रति कडा आपत्ति जनाउँदै सो निर्णय अविलम्ब सच्याउनसमेत भेलाले सरकारसँग अपिल गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी