देशलाई अब निर्वाचनले मात्र निकास दिन्छ : प्रचण्ड

देशलाई अब निर्वाचनले मात्र निकास दिन्छ : प्रचण्ड

  • सोमवार, पुस १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

१४ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् । पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने उनको भनाइ छ ।

आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो । अन्य विकल्पतिर सोच्यो भने फेरी देश अर्को दुर्घटनामा पर्छ ।’

फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफूलाई खुसी लागेको पनि उनले बताए ।

प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरु राज्यको दायित्वभित्र जाओस् र अन्ततः त्यो निःशुल्क होस् भन्ने आफूहरुको चाहना रहेको पनि बताए । ‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी