पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’

पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’

  • बिहिबार, बैशाख १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

२०८२ वैशाख १७ । वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा आज एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशकअघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्चशिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित’ प्राध्यापक रामकुमार पाँडेलाई २०८१ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो ।

समारोहमा श्रीमती प्रसाईले ‘चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत’ श्री शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्नुभयो ।

यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् ।

सोही समारोहमा श्रीमती इन्दिरा प्रसाईले ‘कविता सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको संवर्धनमा सदैव समर्पित रही उल्लेख्य योगदान दिएबापत’ कविवर श्री कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो ।

समारेहमा पुरस्कृत व्यक्तित्वहरुबाट डा.वानीरा गिरिकृत कवितासङ्ग्रह ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’को नयाँ संस्करणको लोकार्पण गरियो ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो ।

इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो ।

वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु प्रा.रामकुमार पाँडे, शशि शाह, कृष्ण बाउसे, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट वानीरा गिरिबारे मन्तव्य प्रकट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी