रुसी कम्युनिष्ट पार्टीका अध्यक्ष सहितको भ्रमण टोली काठमाण्डौँमा

रुसी कम्युनिष्ट पार्टीका अध्यक्ष सहितको भ्रमण टोली काठमाण्डौँमा

  • शुक्रबार, कार्तिक ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को विदेश विभागको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टी (सीपीसीआर) को प्रतिनिधिमण्डल साताव्यापी भ्रमणका क्रममा काठमाडौँ आइपुगेको छ।

रसियन कम्युनिष्ट पार्टीका अध्यक्ष तथा साइबेरिया क्षेत्रीय संसद् सदस्य सर्गेई मालिन्कोविचको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका शीर्षनेताहरूसँग भेट गर्ने छ।

प्रतिनिधिमण्डलले अन्य कम्युनिष्ट पार्टीका शीर्षनेताहरूसँग समेत भेटघाट गर्ने जनाइएको छ।

उक्त प्रतिनिधिमण्डल आगामी मङ्सिर १ गते नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालयमा विदेश विभागले आयोजना गर्ने अक्टोबर क्रान्तिका सन्दर्भमा आयोजित एकदिवसीय गोष्ठीमा सहभागी हुनेछ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले काठमाडौँ उपत्यकामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक महत्वका पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्ने पार्टी एकीकृत समाजवादीका विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए।

प्रतिनिधिमण्डलले पर्यटकीय नगरी पोखराको दुईदिने भ्रमण गर्नेछ। पोखरा भ्रमणका क्रममा प्रतिनिधिमण्डलले कम्युनिष्ट पार्टीका स्थानीय नेताहरूसँग भेटघाट गर्नेछ। प्रतिनिधिमण्डल आगामी मङ्सिर ५ गते मस्को फर्कने तालिका छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी