एनएसएल लिगमा आज दुई खेल हुँदै

एनएसएल लिगमा आज दुई खेल हुँदै

  • सोमवार, मंसिर ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

१ मंसिर, काठमाडौं । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै टोली नेपाल सुपर लिग (एनएसएल) मा नयाँ टोली हुन् । काठमाडौंमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा ‘इस्टर्न डर्बी’ खेल हुनेछ ।

नयाँ टोली इलामले उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो र पहिलो खेलमा १–० ले पराजित भयो । उता झापाको लागि भने यो सिजन यो पहिलो खेल हुनेछ । यस्तै दुई टोलीका लागि यो पहिलो खेल हो ।

राष्ट्रिय टोलीका लागि हरिक खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गर्ने कीर्तिमान बराबरी गरेका अन्जन विष्ट झापाको मार्की छन् । उनले पहिलो सिजन ललितपुर सिटी एफसीबाट कप्तानी गरेका थिए । यस सिजन अन्जन झापाको मार्की बनेका हुन् ।

झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् । लकेन विश्वकप छनोटमा यूएईविरुद्ध घाइते भएका थिए । केही समयअघि घरेलु मैदानमा यमनविरुद्ध भएको खेल गुमाए ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रुपमा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका सुमित श्रेष्ठ पनि यस टिममा छन् ।

सन्तुलित देखिएको झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो छन् ।

झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना अनुबन्ध गरेको छ । जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज छन् । एनएसएल खेल्ने ९ टोलीमध्ये झापाले मात्र अफ्रिकन खेलाडी राखेको छैन । झापाको अन्य विदेशीमा सर्वियाका गोलकिपर स्टेफन क्युपिक, उज्वेकिस्तानका डिफेण्डर समादार ओचिलोभ र अमेरिकन धिरज थजाली मगर छन् ।

उता मेघराज केसीको प्रशिक्षणमा रहेको इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् ।

इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामा पनि छन् भने सन्यास लिइसकेका राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि छन् । यस्तै चर्च ब्वाइजबाट ए डिभिजन लिग जितेका फरवार्ड आशिष चापागाईं पनि इलाममा छन् ।

विदेशीतर्फ इलामा सेनेगलका एकेडेमीमा खेलेका युवा खेलाडीहरु फोडे कमारा, अब्दोउलाए बा, अमाथ एनड र इब्राहिम डीजेटे छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी