प्रेस काउन्सीलद्धारा एक टेलिभिजनसँग स्पष्टीकरण

प्रेस काउन्सीलद्धारा एक टेलिभिजनसँग स्पष्टीकरण

  • सोमवार, कार्तिक २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौं । पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले एक टेलिभिजन पत्रकारलाई सोमबार सोधपुछ गरेको छ ।
एक सरकारी कार्यालयमा रिपोर्टिंग गर्ने क्रममा स्पेस फोके टिभिका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही हुनुपर्ने आवाज समेत उठेको थियो ।
काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौं उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए ।
उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका थिए ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन् । काउन्सिलले पछिल्लो समय अनलाईनमार्फत चल्ने टिभि र युट्युव च्यानललाई विशेष निगरानी गर्दै आएको छ ।
काउन्सिल समक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहोर्याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए ।
प्रेस काउन्सिलले यसअघि पनि आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमला, माधव तिवारीसहितलाई अनुशासनका विविध कारवाही गरिसकेको छ ।
कतिपय पत्रकारलाई काउन्स्लिले कार्यालयमै बोलाएर आचारसंहिता कक्षामा सहभागी गराउँदै आएको छ । जथाभावी लेख्ने, बार्गेनिंग गर्ने युट्युवसहितलाई काउन्सिलले प्रहरीसहितसँग समन्वय गरी विभिन्न कारवाही गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी