वाइसिएल अध्यक्ष दीपशिखाले भने- ओलीले मुख समाल्‍नुपर्छ

वाइसिएल अध्यक्ष दीपशिखाले भने- ओलीले मुख समाल्‍नुपर्छ

  • बुधबार, मंसिर २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

२७ मंसिर,काठमाडौँ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशीखा’ नेकपा एमाले अध्यक्ष केपी ओलीलाई मुख समालेर बोल्नु पर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल अध्यक्ष दिपशीखाले एमाले अध्यक्ष ओलीले चुनावअघि संचारमाध्यममा बोलेको कुराप्रति अापत्ति जनाउँदै मुख समालेर बोल्न सुझाव दिएका छन् ।

एक पत्रिकालाई दिएको अन्तरवार्ताको क्रममा अध्यक्ष ओलीले जनयुद्ध गर्ने माओवादीको सैद्धान्तिक भुल भएको भन्दै राजतन्त्र र अन्त्य र गणतन्त्र ल्याउन कुनै भूमिका नभएको बताएका थिए ।

अन्तरवार्ताको क्रममा कम्युनिस्टहरुको अादर्श साम्यवादलाई रमाईलो क‍ल्पना मात्रै भएको भन्दै एमाले र माकेको एकतापछि बन्‍ने पार्टी कम्युनिस्ट र वामपन्थी दुबै नहुने बताएको दीपशिखाले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेका छन् । त्यसैगरी वाइसिएल अध्यक्ष दीपशिखाले बल प्रयोग कुनै अाधारभूत सवाल नभएको भन्नेलगायत ओलीका  विवादित अभिव्यक्तिहरुलाई बुँदागत रुपमा उल्लेख गरेका छन् ।

वाइसिएल अध्यक्ष दीपशिखाले अाफू एकताको पक्षधर भएको बताउँदै एमाले नेता ओली प्रमुख नेता भएकाले मुख समाल्नुपर्ने बताएका छन् । साथै उनले ओलीको अन्तरवार्ताको छापिएको र भिडियोको लिंक समेत पोष्ट गरेका छन् ।

यस्तो छ दीपशिखाको स्टाटस 

 केपि अाेलीकाे अन्तर्वार्ता पनि हेर्नुस्र  ।

एमाले अध्यक्ष केपी ओलीको चर्चित विवादास्पद अन्तरवार्ता: ‘नेपालमा कम्युनिस्ट छन र ?’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी