सुर्खेतमा कर्णाली एक्स्पो अन्तर्रा्ष्ट्रिय व्यापार मेला सुरु हुदै

सुर्खेतमा कर्णाली एक्स्पो अन्तर्रा्ष्ट्रिय व्यापार मेला सुरु हुदै

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमान्डौ ,मंसिर २३ ।
सुर्खेतमा आजबाट कर्णाली एक्स्पो अन्तर्रा्ष्ट्रिय व्यापार मेला शुरु हुँदैछ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले दिउसो २ बजे गर्ने बताइएको छ ।

पर्यटन बोर्डको सहयोग र सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कर्णाली एक्स्पो अन्तर्रा्ष्ट्रिय व्यापार मेला आगामी पुस तिन गते सम्म सञ्चालन हुने छ ।

मध्यपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको रारा ताल तथा छिमेकी जिल्ला दैलेखको धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकनका लागि सडक तथा हवाई मार्ग (हेलिकोप्टर) समेतको प्याकेज एक्स्पोको आकर्षण रहने आयोजकले जनाएको छ ।

मेलामा छिमेकी मुलुक भारत, पाकिस्तान र बङ्गलादेशका उत्पादनको ३० अन्तरराष्ट्रिय स्टल रहने छ । साथै स्थानीय उत्पादन, कला संस्कृति, पहिरन र परिकार सम्बन्धी सामग्रीलाई प्रदर्शनीमा राखिने छ ।

प्रदर्शनीले विभिन्न देशका व्यवसायीबीच व्यापार विस्तार, प्रविधि हस्तान्तरण, आयत निर्यात तथा पर्यटन प्रवद्र्धनमा टेवा र्पुयाउने अपेक्षा लिइएको आयोजक सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बताउनु भयो ।

करीब ३ लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी