विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित

विप्लव माओवादीले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित

उपत्यकाका विभिन्न स्थानबाट दर्जनौं नेताकार्यकर्ता पक्राउ

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौ २८ कार्तिक ।   

महंगी, कालोबजारी मुल्यवृद्धिको विरोध एवं खाद्य सम्प्रभुत्ताको अधिकार स्थापनाको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज नेपाल बन्दको आह्वान गरेको छ ।

बन्दको प्रभाव काठमाडौ उपत्यकासहित मुलुकका अधिकांश जिल्लामा परेको छ । बन्दका कारण बिहानैदेखि निजी तथा सार्वजनिक सवारीसाधन सन्चालनमा आउन सकेको छैन भने शिक्षण संस्थाहरुपनि ठप्प रहेका छन् ।

बन्दमा कुनै अप्रिय घटना हुन नदिन काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा समेत सादा पोशाकका प्रहरी खटिएका छन् ।

यसैबीच उपत्यकाको विभिन्न स्थानबाट विद्यार्थी नेतासहित ५० जना भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । यसअघि बन्दको पूर्व सन्ध्यामा हिजो पनि देशभरबाट दर्जनौं नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार समेत कुन्ठित पार्दै सरकारले नेता कार्यकर्तालाई गिराफ्तार गर्नु अलोकतान्त्रिक भएको भन्दै माओवादीले आपत्ति जनाएको छ । बिहान ६ बजेदेखि सुरु भएको बन्द अपरान्ह ४ बजे सम्म कायम रहने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी