कार्तिक ५ एजेन्सी । चीनीया राष्ट्रपति तथा सैन्य आयोगका अध्यक्ष सि जिन पिङले अहिलेको बदलिदो परिस्थिति , विकास र राष्ट्रिय सुरक्षाका लागि बलियो र सबल सेना निर्माण गर्नु पर्नेमा जोड दिनु भएको छ ।
अमेरीकाले एशिया प्रसान्त क्षेत्रमा चीन विरुद्ध सैनिक घेराबन्दीको प्रयास गरीरहेको भनिएका बेला सि को यस्तो भनाई आएको हो ।
चीनीया लङमार्चको ८० वर्ष पूरा भएको सन्दर्भ पारेर चीनीया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बैठकलाई संवोधन गर्दै उहाले सेनामा राजनीतिक नेतृत्वले आधारभूत रुपमा जीतलाई निश्चित पार्ने बताउनु भयो ।
फलामे अनुसासन, उच्च मनोवल सहितको प्रतिवद्ध जनमुक्ति सेनाले राष्ट्रिय सुरक्षाको सुनिश्चितता गरेको भन्दै चीनको अन्तराष्ट्रिय अवस्था अनुसार सेना तयार हुनु पर्ने राष्ट्रपति सि ले आग्रह गर्नु भयो ।
लङमार्च अभियानमा लाल सेनाले देखाएको सौर्य, बलिदान र प्रतिवद्धताले अझै पनि अभिप्रेरित गरीरहेको भन्दै त्यस्तै अठोटको खाचो अहिले पनि रहेको उहाले बताउनु भयो ।
चीन विश्वकै ठूलो सैन्य शक्ति भएको मुलुक हो । जसको २३ लाख ५० हजार सेना रहेको छ ।