एजेन्सी कार्तिक ४ । पाकिस्तानले देशभित्र प्रशारण हुने सबै भारतीय च्यानल बन्द गरेको छ । भारतले पाकिस्तानी कलाकारमाथि प्रतिवन्ध लगाए पछि भारतीय च्यानल पाकिस्तानी टेलिभिजन बोर्डले बन्द गराएको हो ।
पाकिस्तान ईलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरीटी ( पेमरा ) को बैठकले भारतीय प्रशारण सामाग्रीमाथि पूर्ण रुपले प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
पेमरा पाकिस्तानको मिडिया नियन्त्रण गर्ने प्रमुख निकाय हो ।
भोली शुक्रबार दिउसो तीन बजेदेखि प्रशारण बन्द हुने बिबिसीले जनाएको छ ।
सेम्टेम्बर १८ को उरीमा भारतीय सैनिक क्याम्पमा १८ जनाको ज्यान जाने गरी भएको ग्रिनेड आक्रमण पछि भारत पाकिस्तान सम्बन्ध चिसिदै गएका बेला यस्ता निर्णयहरु हुदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
