मधेस आन्दोलनमा मारिएकाको परिवारलाई १० लाख दिने

मधेस आन्दोलनमा मारिएकाको परिवारलाई १० लाख दिने

  • बिहिबार, भदौ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं ,२ भदौ । सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएकाको परिवारलाई १० लाख दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरीषद बैठकले आन्दोलनका क्रममा मारिएका मधेस आन्दोलनमा मारिएका ११ सुरक्षाकर्मी सहित ५२ जनाका परिवारलाई १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

साथै आन्दोलनका क्रममा भएका घटना छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन समेत गरेको छ ।

आज बसेको बैठकले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारी, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई शहिद घोषणा गर्दै जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

शहिद घोषणा गरिएकामध्ये ११ जना सुरक्षाकर्मी छन् । यसअघि आन्दोलनकारी दलले शहिद घोषणाका लागि भन्दै ६८ जनाको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका थिए । ति मध्ये छानविन गरी ५२ जनालाई मात्र शहिद घोषणा गरिएको हो । यस्तै आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न सरकारले पूर्व न्यायाधीश गिरिसचन्द्र लालको अध्यक्षतामा सात सदस्यीय आयोग गठन गरेको छ ।

आयोगमा रहने सदस्यको नामावली भने प्रधानमन्त्रीको समन्वयमा गृह मन्त्रालयले तय गर्ने बताइएको छ । मन्त्रिपरिषद बैठकले अफगानिस्तानको काबुल घटनाका घाईतेको उपचारका क्रममा लागेको ९१ लाख ६ हजार रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय निकायको निर्वाचन सम्बन्धि विधेयकमा सैद्धान्तिक सहमति जनाएको छ । यस्तै योजना आयोगका सहसचिव गोपीनाथ मैनालीलाई सचिवमा बढुवा गरिएको छ भने प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य रामदिप आचार्यलाई नियुक्त गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी