चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक चन्द गिरफ्तार


काठमाडौं, २५ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनले नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव तथा चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दसहित १७ जना पक्राउ परेका छन् । बुधबार बिहान मेडिकल कलेजको इमर्जेन्सी कक्ष बन्द गराउन खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन देखि विभिन्न माग राखेर चरणबद्ध आन्दोलनरत गरिरहेका छन् । आन्दोलनमा सहभागि भएका प्रकाश चन्दसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आन्दोलनमा सहभागि ७ जना महिला र १० जना पुरुष पक्राउ परेका छन् ।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया