पर्यटनमन्त्री भट्टराईद्वारा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको अनुगमन


इलाम, भदौ ४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार गृहजिल्ला ताप्लेजुङ जानेक्रममा इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन गरेका छन् ।

अनुगमनपछि सन्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै मन्त्री भट्टराईले विमानस्थल आवश्यक्ता भएर नै सुरु गरिएकाले समयमै सम्पन्न हुने बताए ।

१५ महिनाको ठेक्का सुरु भइसकेको बताउँदै उनले त्योभन्दाअगाडि नै काम सम्पन्न गर्ने दाबीसमेत गरे ।

मन्त्री भट्टराईले पार्किङ र धावनमार्गको काम भइरहेको भन्दै अब निराश नबन्न स्थानीयलाई आग्रह गरे ।

इलाम नगरपालिका–९, गोलाखर्क भञ्ज्याङनजिकै निर्माणाधीन सुकिलुम्बा विमानस्थलको २०७५ सालमा पहिलोपटक परीक्षण उडान भइसकेको छ ।

बुध, भदौ ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया