प्रकाश दाहालको नाममा बिदेशी बैंकमा खाता र पैसा देखाउन चुनौती


काठमाडौं, २८ साउन ।

सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र स्वर्गीय प्रकाश दाहालको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको निजी सचिवालयले एक अपिलमार्फत स्पष्ट पारेको छ ।

अध्यक्ष दाहालको निजी सचिवालयले मंगलबार अपिल नै जारी गरेर समाचार गलत भएको जनाएको छ ।प्रकाशका नाममा विदेशी वैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार आएपछि निजी सचिवालयले सो कुरा बताएको हो । निजी सचिवालयले गलत प्रचार गर्नेलाई कारबाही गर्न माग गर्दै बैंक खाता र पैसा देखाउन चुनौती पनि दिएको छ ।

अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको अपिलमा भनिएको छ, ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं ।

परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter