यातायात व्यवस्था प्राधिकरण गठन गर्ने तयारी, आगामी साता विधेयक संसदमा पेस गर्ने


काठमाडौं, साउन ३ ।
सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्ने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले त्यसका लागि विधेयक तयार भएको र आगामी साता सो विधेयक संसदमा पेस गर्ने पनि बताउनुभयो । आज काठमाडौंमा कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरूको सेवाको शुभारम्भ गर्दै उहाँले यातायात व्यवसायीहरूकै परामर्शमा सो प्राधिकरण गठन गर्न लागिएको पनि स्पष्ट पार्नु भएको हो ।

मन्त्री महासेठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार लागिपरेको पनि बताउयनुभयो । तर, त्यसका लागि यातायात व्यवसायीहरूले सरकारलाई सक्दो सहयोग गर्नुपर्ने पनि मन्त्री महासेठको भनाइ छ।

यस्तै आजबाट मुलुकभरका यातायात समिति कम्पनीमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्ध यातायात समिति कम्पनीमा आएका हुन् । महासंघले आज रुपान्तरित यातायात सेवा सुरु गरेको हो ।
यस्तै सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले यातायात व्यवसायीहरु स्वः नियमनमा बस्नुको विकल्प नभएको बताउनुभएको छ । यातायात क्षेत्रमा बिचौलियाको अन्त्य गरिने भन्दै उहाँले गैरकानुनी क्रियाकलाप सह्य नहुने स्पस्ट पार्नुभयो ।

शुक्र, साउन ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार