राजेशलाई सहिद घोषणा गर्दै नेकपाले भन्यो– आत्मासुरक्षाका लागि बोक्दा विस्फोट भयो(विज्ञप्तिसहित)


काठमाडौं, ३ साउन ।
नेपाल कम्युनिस्ट पार्टीले कैलालीमा भएको विस्फोटमा परी मृत्यु भएका कार्यकर्ता रामबहादुर सिंह ‘राजेश’लाई सहिद घोषणा गरेको छ ।

संगठनात्मक काममा हिडिरहेका राजेशले आत्मासुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा उनले सहादत प्राप्त गरेको पनि ने.क.पा.ले जनाएको छ ।

ने.क.पा. सेती–महाकाली व्युरो इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति निकाली कैलालीको धनगढी उप–महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा हिडेका राजेशको आत्म सुरक्षाकालागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सहादत भएको जनाएका छन् ।

बिहीबार साँझ धनगढी उप–महानगरपालिका सहिद गेट नजिकै उक्त विस्फोट भएको थियो । इन्चार्ज निर्माणले ‘राजेश’लाई एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गरी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना समेत प्रकट गर्नुभएको छ ।

साथै उहाँले विस्फोटमा परी घाइते भएका सर्वसाधारण नागरिकहरुको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभुति पनि व्यक्त गर्नुभएको छ ।

घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने समेत प्रतिवद्धता जनाउदै ने.क.पा.ले सो घटनाले सर्वसाधरण नागरिकहरुमा पर्न गएको असजताप्रति दुःख पनि व्यक्त गरेको छ ।

विज्ञप्तिमा निएको छ, यो दुःखद घटनाको पछाडिको मुलकारण दलालपुँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासिवाद सरकारले दिनुपर्दछ ।’

शुक्र, साउन ३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार