रौतहट बाढीपीडितको गुनासो :सरकार हेलिकप्टर बाट आए आश्वासन दिएर सेना क्याम्प बाट फर्किए


सन्जय सहनी/रौतहट, १ साउन । केही दिन अघि आएको बिनासकारि बाढीबाट बढी प्रभावित रौतहट जिल्ला आएका पुर्वप्रधानमन्त्री सहित मन्त्री हरुको टोलि जनता पीडित जनता नभेटेर फर्किएका छन ।
।बुधबार रौतहट आएका मन्त्रीहरु सहित सांसदको जम्बो टोलि हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्दै फर्किएका हुन। अनुगमनमा आएका मन्त्रीहरुको जम्बो टोली खाली हात आए र आश्वान दिएर फर्केको भन्दै रौतहटका बाढी पिडिहरुले आक्रोश पोखेका छन।

पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ९बादल०, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन,पुर्व मन्त्री रौतहट क्षेत्र न ३ का सान्सद एव नेकपा प्रदेश न दुइका अध्यक्ष प्रभु साह ,बिकास समितीका सभापती एव रौतहटकि सान्सद कल्यानि खडका लगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकप्टरबाटै अनुगमन गर्दै नेपाली सेनाको पुरेन्वा स्थित इन्द्र बक्स गणमा ओर्लिएर सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाइ बोलाएर जिल्लाको वस्तु स्थितिबारे जानकारी लिइ फर्केका हुन।पत्रकारहरु सङ संक्षिप्त्त कुराकानी गर्दै स्

पुर्व प्रधानमन्त्री नेपालले बर्सेनी बाढीको चपेटामा पर्दै आएको रौतहट पुर्व बगमती र पश्चिम बकैयाको बाढी विभिन्न गाउँ हुँदै सदरमुकाम नै बगाउने खतरा बढेकोले सरकार दिर्घकालि योजना साथ गम्भीर भएर लाग्न जरुरी रहेको उनले बताए।

त्यस्तै टोलीमा रहेका गृहमन्त्री थापाले उद्धारको कार्य लगभग सकिएको बताउदै उनले भने,अब सरकार पुर्ननिर्माणतिर लागेको छ।’ ढुक्क हुनुस सरकार गम्भीर छ ।त्यस्तै स्वास्थ्यमन्त्री यादवले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा नपुगेको ठाउँमा तत्काल स्वास्थ्य शिविर र आवश्यक चिकित्सकहरूको टोली पठाइने र तत्काल चन्द्रपुरमा स्वास्थ शिबिर क्याम्प लगाउने बताए।त्यस्तै ऊर्जा मन्त्री पुनले बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति नै बन्द हुँदा स्थानीयलाई समस्या भएकोले यसको तत्काल समाधान हुने बताए।हाल सम्म रौतहटमा आठ जनाको शव फेला परेको छ भने दुई जना बेपत्ता रहेका छन्।

राजपुर नगरपालिका १ का वर्ष २५ वर्षीय सोनेलाल साह, गढिमाइ नगरपालिका १ का बिरेन्द्र राम को १० वर्षीय छोरा रवि राम र राम बाबू रामको ढ वर्षीय छोरा सरेस रामको ज्यान गएको हो २५ वर्षीय साह २८ गते देखि बेपता भएका थिए। आज बिहान सशस्त्र बेसक्याम्प गौर नजिक बाट शव बरामद भएको छ । त्यस्तै राम द्वयको बृन्दावन नगरपालिका ४ हर्दिया नजिक सडक छेउमा जमेको पानीमा डुबेपछि स्थानीयले उद्वार गरेर जिल्ल्ला अस्पताल उपचारको लागि लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटकाप्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए ।

यसअघि यमुनामाइ गाउँपालिकाकी गायत्री देवी, इशनाथ नगरपालिका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका बिरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल राउत र उमेश राउतको शव फेला परेका हो।त्यस्तै गढिमाइकी आनन्दी देवी र इशनाथका रामपुकारको अहिले सम्म पनि वेपत्ता रहेका छन्। भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल ढोकाखोलेपछि पानीको सहत घटेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कुमार कार्कीले बताए। उनका अनुसार ९० प्रतिशत पानी घटेको छ। लाल बकैया र बागमतीको बाँध भत्केपछि गौरनगरपालिकासहित दर्जन बढी गाउँमा बाढी पसेको थियो।

निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव ३० हजार बढी घरमा क्षति पुर्याएको छ। बाढीबाट बिस्थापित सबैलाई सामुदायिक भवन, बिद्यालाय, लगायतका सुरक्षित स्थानमा राखिएको छ। तर बाढीका कारण अधिकांस बाढी पीडितको अवस्था दर्दनाका बनेको छ।

बुध, साउन १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार