गरुडा नगरपालीकाको विवादः अधिकृतले कार्यमूल्यांकपछि मात्र भुक्तानी गरेपछि मेयर पक्षद्धारा विरोध,सर्वसाधारण मर्कामा


सञ्जय सहनी/ रौतहट ।
रौतहटको गरुडा नगरपालिमा दुई पक्षबीच विवाद हुँदा सर्वसाधारण मर्कामा परेका छन् । नगरपालीका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत टेक राज पन्थीले भएको कामको मात्र मुलायांकन गरि भुक्तानी दिए पछि नगर प्रमुख इनु राय यादवपक्षले विरोध गरेको थियो ।
मेयरपक्षका केही कर्मचारि र जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृतको बिरोध गरेका छन् ।

प्रमुख प्रसासकिय अधिकृत पन्थीले आर्थिक बर्ष २०७५÷०७६ मा सम्पन्न सम्पूर्ण योजनाको नगर उप प्रमुख रंगिला देवी जयसवाल संयोजक रहेको अनुगमन समिति बाट अन्तिम मुल्यांकन गरि मात्र भुक्तानी दिए पछि बिवाद उत्पन्न भएको बताईएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीले आफुलाई मन्त्रालयले भ्रस्टाचार गर्न नभई समृद्ध गरुडा बनाउन पठाएको र आफु सुशासन,विधिको शासन, कानुनि राज्यको प्रत्याभूतिको लागि सरकारी सेवामा प्रवेश गरे देखि लागि परेकोले आफु रहुन्जेल गरुडामा भ्रस्टाचार सम्भव नरहेको बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई सोमबार बेलुका नगरप्रमुख यादवले आफ्नो कार्यकक्षमा आफ्नो योजनाको भुक्तानी नभए कुनै पनि योजनाको भुक्तानी हुन नदिने भने पछि कार्यालय परिसर तनाबग्रस्त भएपछि सो कुरा बाहिरिएको हो। नगर प्रमुख यादवले मर्यादित रुपमै प्रस्तुती देखाएपनि उहाँ पक्षका केहिले अधिकृतको बिरोध गरेका थिए । मेयरका छोरा अनिल यादव , भतिजाहरु चुनचुन यादव,नबिन यादव,राम सिह यादव तथा उनका ज्वाई कामेश्वर यादव प्रमुख प्रशासकीय अधिकृत पन्थीलाई घेरा हाले जस्तो गरेर जबर जस्ती हुदै नभएको कामको भुक्तानीको लागि धम्कीपूर्ण भाषा प्रयोग गरेको अधिकृत पन्थीको भनाई छ ।

पत्रकारहरुको समेत बाक्लो उपस्थितिमा नगर उप प्रमुख जयसवाल तथा प्रमुख प्रशासकीय अधिकृत पन्थी चिन्तित एबम तनाबपूर्ण मुद्रामा प्रस्तुत भएका थिए ।

नगर उपप्रमुख जयसवालले जनताले जुन विश्वासका साथ आफुहरुलाई पठाएको त्यो पुरा गर्न सकिएन भने आफुहरु समाज प्रति उत्तरदायी हुन बन्न नसक्ने प्रतिकृया दिए ।

उता प्रमुख प्रशासकीय अधिकृत पन्थी आफ्नो शब्दकोशको बाहिरको शब्द भ्रस्टाचार आफुबाट सम्भव नरहेको तथा जो सुकै जति सुकै दबाब दिए पनि ,जे गरे नि सम्भव नरहेको तथा समृद्ध गरुडा बनाउने अभियानमा सिमित व्यक्तिको स्वार्थ पूर्ति नहुदैमा अबस्थालाइ प्रतिकुल बनाएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले जसले जति काम गरेको छ त्यसको मुल्यांकन भईसकेकाले त्यसै अनुरुप भुक्तानि हुने बताए ।

यसबारे थप प्रतिकृया लिन खोज्दा कार्यालयका खरिदार पदका कर्मचारी एव मेयर यादवको फोन सम्पर्क हुन सकेन । उता फोरमका नेता एव प्रदेश न दुइका प्रदेश कमिटी सद्स्य बृज यादबले खरिदार अनिल यादब माथी लागेको आरोप निराधार रहेको बताए ।
चुन्चुन यादब र नवीन यादब सहितका केहिले कार्यालयमा भैरहेको अबैध भुक्तानी रोक्न निवेदन दर्ता गराउन जादा तिनीहरुसंग उपप्रमुख साथै अधिकृत पन्थीको सामान्य भनसुन भएको दाबी गरेका छन।
उनले सामन्य बिबादलाइ ठुलो नबनाइ कार्यालयको काम काज प्रभावित नगर्न सबैलाई आग्रह गरे । असार अन्तिममा आएर भएको यो विवादले नगरको कामकाज प्रभावीत भएको छ ।
जनप्रतिनिधी र अधिकृत बिच तालमेल बिग्रिदा स्थानीयहरु कार्यालय आएर फर्कने क्रम बढेको छ ।

मङ्ल, असार ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार