संचार माध्यममा विदेशी लगानी स्वीकार्य हुँदैनः मन्त्री बास्कोटा


काठमाडौं ३० असार ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताउनु भएको छ । मन्त्री बास्कोटाले सरकारले संचार माध्याममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्टयाउनु भएको हो ।

आज काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले एउटै संचार माध्यमलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिनुभएको हो ।

मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यामलाई कार्वाही हुने पनि बताउनु भयो । उहाले संचार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताउनु भएको छ ।

सोम, असार ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया