बाढीमा थप एकको मृत्यु, बिओपी गौर नजिक तलाबबाट शव बरामद


रौतहट,आषाढ ३०।
दुई दिन देखि लापता एक व्यक्तिको शव आज बरामद भएको छ।

राजपुर नपा १ निवासी अन्दाजी ४० बर्षिय सोनेलाल साह सोनारको शव बिओपी कैम्प गौरसंगको तलाबबाट बरामद भएको बिओपीका सशस्त्र प्रहरी निरीक्षण दिपक राज भट्टले जानकारी गराउनु भएको छ।

तलाबमा शव देखेपछि सशस्त्रका जवानहरुले शव लाई निकालेका थिए। मृतक को पहिचान मृतक का परिजन र स्वम राजपुर नपा १ का वडाध्यक्षले गरेका छन।

दुई तीन देखि लापता रहेको सोनार बाढीमा डुबेर बग्दै आएको सप्रनि भट्टको अनुमान रहेको छ।

सोम, असार ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार