निगुराे खाँदा दाजुबहिनीकाे मृत्यु, आमाकाे अवस्था गम्भिर


अछाम, ३० असार । अछामकाे रामारोशन गाउँपालिका वडा नम्बर ५ तल्लोपाटनमा जंगली निगुराे खाँदा दाजुबहिनीकाे मृत्यु भएको छ। ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निगुरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए। मनिषाको घरमै र रमेशको न्याय हेल्थ बयलपाटा अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

मृतककी आमा नरपता बोहराका अनुसार २७ गते बिहान निउरो खाएपछि बान्ता हुने लगाएतकाे समस्या देखिएकाे थियो। आइतबार अस्पताल ल्याउने तयारी गर्दा छाेरीकाे घरमै र छाेराको उपचारको क्रममा  अस्पतालमा ज्यान गएको शाहीले बताए। आमाको उपचार भइरहेको र अवस्था गम्भीर रहेको बयलपाटा अस्पतालका डाक्टर विकास गौचनले जानकारी दिए।

सोम, असार ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार