अदालतले रिहा गरेलगत्तै नेकपाका पीवीएम जीवन्त पुनः गिरफ्तार


धरान, २३ असार ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मोहन कार्की जीवन्तलाई रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
सरकारले प्रतिबन्ध घोषणा गरेपछिको निर्णयको पहिलो निशानामा परेका पीवीएम तथां जनवर्गीय संगठनका ईन्चार्ज जीवन्तलाई सोमवार सुनसरी जील्ला अदालतले रिहा गरे लगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो ।
चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तारमा परेका उनलाई पटक पटक गिरफ्तार गर्दै बिभिन्न जिल्ला पुर्याएको छ । नेता जीवन्तलाई नुवाकोट लैजाने तयारी गरिएको बुझिएको छ ।
अदालतले आजै जीवन्तसहित ने.क.पा. केन्द्रीय सदस्यद्धय चुडामडि ओली (आदर्श) र चन्द्र खड्का (असल), धनकुटा इन्चार्ज वावुराम राई(विवश) र मिनबहादुर राई लाई पनि साधारण तारेखमा रिहा गेको थियो । तर रिहा लगत्तै जीवन्तलाई भने प्र्रहरीले पुनः गिरफ्तार गरेको हो ।
चैत १ गते गिरफ्तार जीवन्तमाथि राज्यविप्लव गर्न खोजेको अभियोगमा राजद्रोहको मुद्दा लगाइयो । संगठित अपराधको पनि मुद्दा चलाइयो । तर चैत्र २४ गते सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता जीवन्तमाथि लगाइएको अभियोग पुष्टि नभएको भन्दै तत्काल रिहा गर्न सरकारको नाममा आदेश दियो । आदेशपछि रिहा त गर्यो तर अदालत गेटबाटै प्रहरीले पुनः गिरफ्तार गरी संखुवासभा लगियो । त्यहाँ उनीमाथि ‘मुलुकी फौजदारी कार्य्विधि (संहिता), २०७४ को रिच्छेद ३ को दफा ३२ अन्तर्गत कसुरमा मुद्दा चलाउने काम भयो । बम विष्फोट तथा संगठित अपराधलगायतको कसुरमा मुद्दा चलाइएको छ ।
त्यसपछि उनलाइ अर्को संगठित अपराध तथा विष्फोट र राजद्रोहको अभियोगमा काठमाडौंको कमलपोखरी प्रहरी वृत्तको हिरासतमा बन्दी बनाइ मुद्दा चलाइयो । त्यसमा काठमाडौं जिल्ला अदालतले बैशाख ३० गते साधारण तारेखमा रिहा गर्न सरकारलाइ आदेश दियो । तर उनलाइ अदालत परिसरबाटै पुनः गिरफ्तार गरी सुनसरी जिल्ला पुर्याइयो । त्यहाँ उनीमाथि साविक जस्तै संगठित अपराध तथा विष्फोट, राजद्रोह र हातहितयार तथा खरखजना कसुरमा मद्दा चलाइएको थियो ।
पछिल्लो पटकको गिरफ्तार यता काठमाडौं, संखुवासभा, काठमाडौं र सुनसरी गरी चार चारपटक मुद्दा चलाइसकिएको छ । संगठित अपराधको अभियोगमा जोकसैलाई अनुसन्धानका लागि भन्दै ६० दिनसम्म हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ ।

सोम, असार २३, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter