रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि रातभर अदालतभित्रै बसे नेकपाका नेताहरु (अपडेट)


काठमाडौं, ४ असार ।
रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अदालतमा शरण लिएका छन ।

उनीहरुलाई उच्च अदालत पोखराले दोश्रो पटक रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः गिरफ्तारीको तयारी गरेपछि गएराती देखि उच्च अदालत पोखरामा नै बसिरहेका छन् ।

उनीहरुले परिसरमै रात बिताएका हुन् । ने.क.पा. कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी ‘आक्रोश’, पार्टी जिल्ला सदस्य तथा एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, अखिल क्रान्तिकारी गण्डक ब्युरो संयोजक मिलन राइ, कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पिएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र उपाध्यक्ष सुजन सापकोटा, सचिब राजन साउद र गगन परियारलाई अदालतले रिहा गर्न आदेश दिएको थियो ।

उच्च अदालत पोखराको आदेश बमोजिम अदालतका रजिस्ट्रार, राष्ट्रिय मानव अधिकार आयोग पोखरा र उच्च अदालत बार एसोसिएसन पोखराको रोहबर र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र नेपाल पत्रकार महासंघ कास्कीको अनुगमनमा उनीहरुले अदालत परिसरभित्र रहेको न्याय सेवा केन्द्रको कोठामा रात बिताएका थिए ।

उच्च अदालतले मंगलबार अदालतका रजिस्ट्रारको उपस्थितिमा उनीहरुलाई राष्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत पोखरा बार एसोसिएसनका पदाधिकारीको रोहवरमा छाड्न आदेश दिएको थियो । साथमा उनीहरु रिहा भए÷नभएको प्रतिबेदन पेश गर्न पनि सोही समुहलाई निर्देशन दिएको थियो ।

अदालतको आदेश हुँदाहुँदै पनि कास्की प्रहरीले उनीहरुलाई फेरी गिरफ्तार गर्न तयारी गरेको भन्दै ने.क.पा.का नेता तथा कार्यकर्ताहरुले अदालतको आदेश वमोजिम रिहाइका लागि वातावरण बनाईदितन अदालत, मानब अधिकार आयोग, बार एसोसिएशन तथा मानव अधिकारवादी र पत्रकारलाई आग्रह गरेका छन् ।

उच्च अदालत परिसरमा रात बिताएका ने.क.पा.का नेता तथा कार्यकर्ताले आज उच्च अदालत पोखरामा फेरी अदालतको मानहानी मुद्दा दर्ता गर्दैछन् भने रोहबरमा रिहा गर्ने जिम्मेवारी पाएका उच्च अदालत पोखराका रजिस्ट्रार, राष्ट्रिय मानव अधिकार आयोग र उच्च अदालत बार एसोसिएशन पोखराको समुहले अदालतको आदेश पछीको उत्पन्न परिस्थिति र अदालतको आदेश बमोजिम बन्दीहरु रिहा भए÷नभएको बारेमा अदालतमा प्रतिबेदन बुझाउन्दैछन् ।

यसैबीच प्राप्त जानकारी अनुसार, उच्च अदालत पोखरा अन्तरगत रहेको न्यायिक सम्बाद समितिको बैठक पनि आजै बस्दैछ । जिल्लाका सुरक्षा निकायका प्रमुख समेत सहभागी हुने सो बैठकमा ने.क.पा. का नेता तथा कार्यकर्ता गिरफ्तारीका बिषयमा उपयुक्त निर्णय हुनसक्ने बताइएको छ ।

बुध, असार ४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter