सुदूर पश्चिमका जिल्लामा प्रहरी परीचालन गरिएको भन्दै ने.क.पा.को आपत्ति, धरपकट बन्द नगरे संघर्षमा उत्रने चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं, २ असार ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुदूर पश्चिमका बिभिन्न जिल्लामा प्रहरी परीचालन गरी जनतामाथि आतंक मच्याएको भन्दै आपत्ति जनाएको छ ।

ने.क.पा. सेती-महाकाली व्युरोले सोमवार विज्ञप्ति जारी गरी सत्तारुढ नेकपाका नेताहरुको निर्देशनमा ती जिल्लाहरुमा व्यापक प्रहरी परिचालन गर्दै जनतालाई आतंकित पारेको भन्दै आपत्ति जनाएको हो ।

व्युरो इन्चार्ज निर्माणले कैलालीको चुरे क्षेत्रमा संयुक्त सुरक्षाफौज गर्नुका साथै काठमाडौमा भएको बम विस्फोटमा परी सहिद भएका बझाङका बिद्यार्थी नेता प्रज्वल शाहीको परिवार र गाउँलेलाई आतंकित पार्ने काम गरिरहेको पनि विज्ञप्तिमा जनाउनु भएको छ ।

यस्तै अछाममा पनि गाँउ गाँउमा प्रहरी परिचालन गरिएको र घरमै सुतिरहेका पार्टी कार्यकर्ता पदम बुढालाई गिरफ्तार गरी झुठा मुद्वामा फसाउने सड्यन्त्र भएको पनि उहाँले बताउनु भएके छ । इन्चार्ज निर्माणले कतिपय पार्टीका नेता कार्यकर्तालाई पार्टी छाड्न धम्कि समेत दिने गरेको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ

साथै उहाँले गाँउ गाउँमा परिचालित प्रहरी फिर्ता गर्न, झुठा मुद्धामा बन्दी बनाईएका नेताकार्यकर्ताहरुलाई विनासर्त रिहा गर्न, गैर कानुनी गिरफ्तारी रोक्न र राज्य आतंक बन्द गर्न पनि माग गर्नुभएको छ ।

राज्यले प्रहरी प्रशासनको दुरुपयोग गरी दमन र धरपकडलाई निरन्तरता दिए त्यसको ससक्त प्रतिरोध गर्न बाध्य हुने चेतावनी समेत उहाले दिनुभएको छ । त्यसको जिम्मेवार स्वयम सरकार हुने समेत इन्चार्ज निर्माणको चेतावनी छ ।

उहाँले सरकारको फासिवादी कार्यको घोर बिरोध गर्दै सङ्घर्षमा उत्रन आम नेपाली जनतालाई समेत आह्वान गर्नुभएको छ ।

यस्तो विज्ञप्ति

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter