४५ वर्षकाे उमेरमा नायीका करिश्मा मानन्धरले एसईई परीक्षा दिदैँ


१० चैत, काठमाडौं । आजबाट सुरू माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी छिन् । उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षा दिइरहेकी छिन् ।

१४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्ममा क्षेत्रमा छिरेकी उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् ।

पछिल्लो समय नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा लागेकी उनलाइ पढाइकै कारण समस्या खेप्न पर्याे । उनी अालाेचीत पनि भइन् ।  त्यसपछि उनी मैतीदेवीस्थित त्रिवेणी स्कुलमा ८ कक्षा भर्ना भएर पढ्न थालेकी हुन् । उमेरले उनी अहिले ४५ वर्ष पुगेकी छन् ।

एसईईको तयारी गर्नुपर्ने भएकाले उनी फागू पूर्णिमामा होली खेल्ने कार्यक्रम पनि त्यागेर बसिन् । म्याथ र अकाउन्टको ट्यूसन समेत पढेकी उनले यीनै दुई विषयमा बढी अंक ल्याउने अपेक्षा गरेको बताइन् । तर, उनलाई गाह्रो लाग्ने विषयचाहिँ विज्ञान हो ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।

आइत, चैत्र १०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया