नेपाल र भारत पहिलो हाफ् एक एक गोलको बराबरीमा


चैच ८ विराटनगर । विराटनगरमा जारी महिला साफ् च्यापियनसिपको फाईनलमा निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ् एक एक गोलको बराबरीमा टुंग्याएका छन् ।
शुरुवातमा पाहुना टोलीले नेपाललाई २६ औं मिनेटमा गोल गरेर दवावमा राखे पनि नेपालकी आईरन लेडी सावित्रा भण्डारीले त्यसको सात मिनेटमै उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा पुर्याएकी थिईन् ।
नेपालले पहिलो हाफ्को ईन्जुरी समयमा गरेको खतरनाक मुभ भारतीय गोल किपरको उत्कृष्ट बचाउका कारण गोलमा परिणत हुन सकेन ।
अब हुने दोस्रो हाफ्मा टोलीले राम्रो प्रदर्शन गर्ने र जीत हासिल गर्ने प्रशिक्षक हरी खड्काले अपेक्षा राखेका छन् ।
आज विराटनगरको शहीद मैदानमा हजारौ दर्शकहरुले नेपाली टोलीलाई हौसला दिईरहेका छन् ।
यस अघि चार वटा फाईनलमा नेपाल भारतसगँ स्तभ्द हुदै आएको थियो ।

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया