इराकमा डुंगा दुर्घटना हुँदा करिब एक सय जनाको मृत्यु


एजेन्सी, ८ चैत ।
इराकमा ढुङ्गा नदीमा डुब्दा करिब एक सय जनाको मृत्यु भएको छ ।मोसुलको टिग्रीसमा छुट्टी मनाउन गएका परिवारहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन ।मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ वर्ष मनाउन जानेहरु चढेको डुंगा डुबेको हो । मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् ।

इराकी अधिकारीहरुले १९ बालबालिका र ६१ महिलाको शव फेला परिसकेको जनाएका छन् । ५५ जनाको जीवितै उद्धार गरिएको छ ।

डुंगामा २ सयभन्दा बढी सवार रहेको बताइएको छ ।

मोसुल बाँधको ढोका खोलिएका बेला नदीमा पानीको सतह बढेको भन्दै अधिकारीहरुले चेतावनीसमेत जारी गरेका थिए । तर, सोही अवस्थामा एउटै डुंगामा ठूलो संख्यामा पर्यटक चढेर गएपछि दुर्घटना भएको बताइएको छ ।

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार