कुवेत विरुद्ध नेपालको खेल शुरु हुदै, यी हुन् पहिलो रोजाईका खेलाडी


चैत्र ७ काठमाण्डौं । नेपालको राष्ट्रिय फुटवल टोलीले आज राति कुवेत विरुद्ध मैत्रीपुर्ण पहिलो खेल खेल्दै छ । नेपालका नयाँ प्रशिक्षक कालिनले पहिलो रोजाईका ११ खेलाडी छानेका छन् । खेल अहिले सवा ९ बजे राति अल सहबाब रंगशालामा हुने छ ।
जसमा गोल किपर किरण चेमजोगं , विराज महर्जन,रोहित चन्द, अजीत भण्डारी,रन्जीत धिमाल, देवेन्द्र तामागं,विक्रम लामा सुजल श्रेष्ठ,सुमन लामा भरत खवास र नवयुग श्रेष्ठ रहेका छन् ।
नेपालको तुलनामा कुवेत बलियो टोली हो , यद्यपि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखिएको छ ।
नेपालले दोस्रो मैत्रीपूर्ण खेल मार्च २५ मा खेल्ने छ ।

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया