भारतीय वासुसेनाले सरकारसगँ माग्यो अत्याधुनिक जहाज, क्षेप्यास्त्र र हतियार किन ?


चैत्र ६ एजेन्सी । भारतीय वासुसेनाले पाकिस्तानसगँ सभावित युद्धको तयारीका लागि भन्दै अत्याधुनिक हतियार, लडाकु विमान र क्षेप्यास्त्र माग गरेको छ ।
केही दिन अघि पाकिस्तनी वायु सेनाले भारतको दुई वटा लडाकु विमान खसाली दिए पछि र एउटा चरासगँ ठोक्किएर क्षति भए पछि मिग २१ पुरानो जहाज भएको भन्दै नयाँ माग गरेको ईकोनोमिक टाईम्सले रिपोर्ट छापेको छ ।
पाकिस्तानले अत्याधुनिक लडाकु विमानले हमला गर्ने कोशिस गर्दा पनि भारतीय वायुसेनाले वर्षौ पुरानो जहाज प्रयोग गर्नु परेको भन्दै उक्त माग गरेको हो ।

माग गरिएका युद्ध सामाग्री तत्काल आपुर्ति गर्न सरकारलाई वायु सेनाले माग गरेको पनि खबरमा उल्लेख छ ।
पुलुवामा ४४ भारतीय सैनिकको ज्यान जाने गरी भएको आत्मघाती हमला पछि भारत र पाकिस्तानबीच सक्षिप्त हवाई युद्ध चलेको थियो । वालाकोटमा भारतले आक्रमण गरे पछि जवाफी कार्बाही स्वरुप पाकिस्तानले हवाई कार्बाही गर्दा भारतको दुई वटा जहाज नष्ट हुनुका साथै एक जनाई विमान चालक अभिनन्दनलाई पक्राउ गरे पछि रिहा गरीदिएको थियो ।
अहिले दुवैदेशबीचको युद्धउन्मुख तनाव केही मत्थर भएको छ ।

बुध, चैत्र ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार