एन्फाद्धारा कुवेतविरुद्ध मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको बिदाई


चैत्र ५ काठमाण्डौं । कुवेतसगँ हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीलार्ई आज विदाई गरिएको छ ।
राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले टोलीलाई एन्फा कम्प्लेक्सबाट बिदाई गरे ।
नयाँ प्रशिक्षक योहन कालिनले टिम सम्हाले यताको यो पहिलो अन्तराष्ट्रिय खेल हुने छ ।
यस पटक नयाँ थुप्रै खेलाडी राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।
खेलाडीहरुमा गोल किपरमा किरण चेम्जोगं, विकेश कुथु र विशाल श्रेष्ठ छन् ।
डिफेन्समा कप्तान विराज महर्जन,रोहित चन्द, अजीत भण्डारी,रन्जीत धिमाल, देवेन्द्र तामागं, सरोज दाहाल, सुरज विक र रवी सिलवाल रहेका छन् ।
यस्तै मिडफिल्डमा विक्रम लामा , सुजल श्रेष्ठ,विशाल राई, टंक बस्नेत,सन्तोष तामागं,हेमन गुरुगं र आशिस लामा रहेका छन् ।
यसै गरी फरवार्डमा रञ्जन विष्ट, सुमन लामा,रवी पासवान,भरत खवास, विमल राना र नवयुग श्रेष्ठ रहेका छन् ।
नेपालले विहिबार बेलुकी सवा ९ बजे राति कुवेत विरुद्ध खेल्ने छ ।

मङ्ल, चैत्र ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया