विद्यार्थी परिषदको प्रयासमा नेपाली महिलाको मुम्बईबाट उद्धार


काठमाडौं, भदौ २६ । 

करिब एक साता अघि विदेश लैजान्छु भन्दै भारतको मुम्बई र्पुयाइएकी नेपाली महिलालाई प्राज्ञिक विद्यार्थी परिषद नेपालको प्रयासमा भारतीय प्रहरीले उद्दार गरेको छ । चितवन घर भएकी ती महिलालाई ११ दिन अघि विदेश लैजाने प्रलोभनमा भारतको मुम्बई पुर्याइएको थियो ।

करिब एक साता अघि ती महिलालाई मुम्बईमा विचल्ली बनाएको खबर परिवारले थाहा पाएका थिए । उनलाई मुम्बई र्पुयाउन साथ उनको खोजीमा उनका श्रीमानसहित तीनजना भारत पुगेका थिए। उनीहरुको आग्रहमा एम.आर.आर नामक फेसबुक पेज मार्फत उक्त घटनाको जानकारी गराई सहयोगका लागि अपील समेत गरिएको थियो ।

परिवारले ती महिलालाई उद्धार गर्नको लागि सम्बन्धित निकाय र माइती नेपालको दिल्ली स्थितको कार्यालयलाई जानकारी गराई आग्रह गरे पनि उचित प्रतिक्रिया पाउन नसकेको एम.आर.आर नामक फेसबुक पेजको उक्त सहयोग अपीलमा भनिएको छ । सहयोग अपीलमा यस्तो भनिएको छ ।

 

सोही सूचनाको आधारमा विद्यार्थी परिषदले उनलाई भारतमा विचल्ली बनाएको खबर पाउनासाथ उनको उद्धारका लागि भारतमा रहेको अखिल भारतीय विद्यार्थी परिषदको सहयोग लिएको विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले जानकारी दिनुभयो ।

साथै भारतीय प्रहरीले ती पीडित महिलालाई सकुशल उद्धार गर्नुका साथै अभियुक्तलाई ५ घण्टामा पक्राउ गर्न सफल भएको संगठन सचिव ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार नेपाली पीडित महिलालाई उद्धार गरी खोजीका लाग भारत पुगेका श्रीमानसहित तीन जना र उनी मंगलबार बिहानै काठमाडौं आएका हुन् ।

बिहि, भदौ २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया