मदिरा सेवन गरि प्रेमिकाकाे हत्या


विराटनगर, २५ भदाै ।

झापाको गौरादह नगरपालिका-६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चुँडालले दुई वर्षदेखि आफूसँगै राखेकी एक महिलाको हत्या गरेका छन् । महिलाको हत्यापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारीस्थित दुर्गापुरीबाट मंगलबारराति पक्राउ गरेको छ ।

प्रहरीले हत्या गरिएकी अन्दाजी ३५ वर्षीया महिलाको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन। गत शनिबार बिहान रतुवामाई नगरपालिका-६ का हरिबहादुर खड्काको खाली रहेको ग्वाली घरमा शरीर भरी नलिडाम र चोटपटक रहेको अवस्थामा ती महिला अचेत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएकी उनको आइतबार राति मृत्यु भएको थियो । स्थानीय बासिन्दाले दुई वर्षदेखि ती महिला पुण्यसँगै हिँड्ने गरेको र अत्यधिक मदिरा सेवन गरेर हिँड्न नसकेको भन्दै ग्वालीमा ल्याएर छाडेर चुँडालले काम गर्न जान्छु भन्दै उनी हिँडेको जानकारी प्रहरीलाई दिएका थिए ।

बुध, भदौ २५, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया