पर्यटन मजदुर समाज नेपालको वार्षिकोत्सव सम्पन्न


काठमाडौ, २१ भदौ । पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको छाता सस्था पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकउत्सव तथा साधारण सभा सम्मन्न भएको छ ।
कार्यक्रममा कलाकार, साहित्यकार , सञ्चार कर्मी, पर्यटन मजदुरहरु तथा सुरक्षाकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघाटन् नाटाका प्रमुख सि.एम पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा सगरमाथा इन्स्योरेनसबाट ५४ जना सक्रिय मजदुरहरुको लागि रु १० लाखको दुर्घटना वीमा गरिएको जानकारी गराइएको थियो भने सोही अबसरमा नेपाल चाइनिज एसोसिएसनका सदस्यहरुले मृतक पर्यटक मजदुरको लागि संकलन गरेको राहात सहयोग हस्तान्त्रण गरिएको थियो ।
कार्यक्रमा बोल्दै कलाकार उत्तम केसी ले पर्यटन मजदुर, कलाकार, सिने कर्मीहरुको सामुहिक प्रयासबाट नेपालमा पर्यटकलाई आकर्षण गर्न सकिने धारणा राख्नु भयो । कार्यक्रमका प्रमुख अतिथि सि एम पाण्डेले पर्यटन ब्यबसायका साझा समस्यालाई सबैको साझा प्रयासबाट समाधान गर्न सकिनेमा आफू विस्वस्थ रहेको बताउनु भएको थियो । संस्थामा हाल सम्म २२५ जना सदस्य रहेको जानकारी संस्थाका अध्यक्ष राजकुमार अधिकारीले गराउनु भएका थियो ।

शनि, भदौ २१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया