एसीसी यू–१९ एसिया कपः अफगानिस्तानले पाकिस्तानलाई ८५ रनले हरायो


काठमाडौं १९ भदौ ।
एसीसी अण्डर–१९ एसिया कपको पहिलो खेलमा साविक विजेता अफगानिस्तानले पाकिस्तानलाई ८५ रनले हराएको छ । पाकिस्तानविरुद्ध सानदार जित निकाल्ने क्रममा अफगानिस्तानका बलर पूर्णरुपमा हाबी भए ।

श्रीलंकाको कोलम्बोमा रहेको पीएसएस मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४६ ओभरमा घटाइएको खेलमा नौ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मध्यम सुरुवात गरेको अफगानिस्तानका मध्यक्रमका ब्याट्सम्यानबीच भने राम्रो साझेदारी हुन सकेन ।

पहिलो विकेटका लागि अफगानिस्तानले ४७ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले ९५ रन बनाउँदा पाँच विकेट गुमायो । कप्तान फरहान जाखीलले १९ रन बनाए भने सदिकुल्लाह अतलले २९ तथा रहमनुल्लाहले २७ रनको योगदान गरेका थिए।

तर त्यसपछि असिफ मुसाजे सात तथा खरोटे तीन रनमा आउट भएपछि अफगानिस्तानले १ सय १९ रनमा सात विकेट गुमाएको हो । जसमा कप्तान रोहिल नाजिरले १६ तथा इरफान खानले १९ रन बनाए । अरु खलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बिहि, भदौ १९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया