सर्वोच्च अदालतको अन्तरिम आदेश- ओलम्पिक कमिटीको चुनाव रोक्नु


१७ भदौ, काठमाडौं ।
सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको चुनाव तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।

कमल चित्रकारले भदौ २० गते हुने चुनाव तत्कालको लागि बदर गन माग गर्दै दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल चुनाव नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले निर्वाचन रोकेर दुबै पक्षलाई २२ गते अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

नेपाल ओलम्पिक कमिटीको चुनाव यही २० गते हुने मिति तय भएको थियो । अध्यक्ष पदमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

त्यस्तै, जीवनराम प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ छन् । यता, उमेशलाल प्यानलबाट पुरेन्द्रबिक्रम लाखे उठेका छन् ।

मङ्ल, भदौ १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया