क्यालिफोर्नियामा डुंगामा आगलागी हुँदा २५ जनाको मृत्यु


लस एन्जेलस, भदौ १७ ।
अमेरिकाको क्यालिफोर्नियाको समुद्री तटमा एक डुंगामा आगो लाग्दा २५ जनाको मृत्यु भएको छ । घटनामा ९ जना वेपत्ता रहेको बीबीसीले जनाएको छ। चालक दलका ५ सदस्यहरुले भने ज्यान जोगाउन सफल रहेको बताइएको छ।

आगलागी भएको सो ’डाइभिङ बोट’ व्यवासियक प्रयोजनका लागि प्रयोग हुँदै आएको थियो। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा डुंगाले कुनै प्रकारको नियम उल्लंघन नगरेको देखिएको छ।

सेरिफ बिल ब्राउनका अनुसार डुंगामा ३९ जना सवार थिए। उनले वेपत्ता रहेका यात्रुहरुको खोजी भइरहेको जानकारी दिए।

मङ्ल, भदौ १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया