उदयपुरको कटारीमा ४६ जनामा डेंगु संक्रमण, जनचेतना फैलाउनु नै डेंगु नियन्त्रणको भरपर्दो उपायः चिकित्सक


११ भदौ , उदयपुर ।
उदयपुरको कटारी नगरपालिकामा मात्रै ४६ जनामा डेंगुको संक्रमण भएको भेटिएको छ । साउन २६ गते १ जनामा देखिएको डेंगु भदौमा ४५ जनामा देखा परेको नगरपालिकाका स्वास्थ्य संयोजक रामनारायण चौधरीले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजना र कटारी नगरपालिकाको समन्वयमा सम्पन्न डेंगु र ज्वरो नियन्त्रण सम्बन्धि अन्र्तकृयामा संयोजक चौधरीले नगरभित्र हालसम्म ४६ जनामा देखा परेको बताउनुभयो ।
डेंगु को संक्रमण फैलीएसँगै नगरपालीकाले सरसफलाई लगायतका कार्यक्रम सुरु गरेको उहाँले बताउनु भयो । नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको सहभागीतामा नगरपालिकाले नियन्त्रणका लागि हालसम्म ३ पटक बृहत सरसफाई अभियान संञ्चालन गरिसकेको छ । त्यसैगरी पर्चा पम्पप्लेट , माईकिङ्ग ,रेडियोमा जनचेतनामूलक शन्देस प्रसारण , फगिङ्ग स्प्रे लगायतका काम पनि नगरपालिकाले गरेको चौधरीले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलका अनुसार जिल्लामा त्रियुगा र चौदण्डी नगरपालिकामा एक एक गरी जम्मा जिल्लामा ४८ जनामा डेंगु संक्रमण देखा परेको छ ।
डेंगु नियन्त्रणका लागि गरिने फगिङ्ग स्प्रेले लामखुट्टे मारेपनि लार्भा नाश नगर्ने भएकाले यसको धुँवाले असर मात्रै पुराउने हुँदा यो देखावटी भएपनि खासमा नियन्त्रणको उपाय नभएको वरिष्ठ जनस्वास्थ्य प्रशासक मेहताले बताउनुभयो । कार्यक्रमको समापन गर्दै सभापति वडाध्यक्ष धनकुमार दनुवारले यसको नियन्त्रणका लागि गाउँगाउँ र सवै तहमा जनचेतना पैmलाउन जनप्रतिनिधिहरु लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।
बुधवार पनि कटारीमा डेंगु नियन्त्रणको उपाय लगायतका बिषयमा छलफल भएको थियो । सो कार्यक्रममा सहभागी चिकित्सकले जनचेतना फैलाउनु नै डेंगु नियन्त्रणको भरपर्दो उपाय रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजना र कटारी नगरपालिकाको समन्वयमा सम्पन्न डेंगु र ज्वरो नियन्त्रण सम्बन्धि अन्र्तकृयामा कार्यक्रमको सहजिकरण गर्दै मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.शुरेस मेहताले डेंगु लाग्नुका कारण र रोकथामका उपायहरु बताउँदै यो रोग सफा पानी जम्नेस्थानहरुमा हुने लार्भाकै कारण पैmलिने भएकाले यसको नियन्त्रण गर्न जनचेतना पैmलाउनु पर्ने बताउनुभयो ।
दिउँसो टोक्ने लामखुट्टेको टोकाईबाट सर्ने भएकाले हरेक घर घर सम्म लामखुट्टे उत्पादन हुने घर वरपर सरसफाई गर्ने , पानी जम्न नदिने चेतना पैmलाउन सकेमात्र डेंगु नियन्त्रण हुने पनि डा. मेहेताले बताउनुभयो ।
कार्यक्रममा बोल्दै कटारी अस्पत्तालका प्रमुख मेडिकल सुपरिडेन्टेड डा. पवन साहले यसको नियन्त्रणका लागि सामुहिक पहल सँगसँगै घरघरमा सरसफाई गर्ने , पानी जम्न नदिने हो भने यो रोग नियन्त्रणमा आउने बताउँदै सबै सरोकारवालाहरुले जनचेतना पैmलाउनु पर्ने बताउनुभयो । त्यसैगरी यो रोगको संक्रमण देखा परेमा पनि नआत्तिने र झोलिलो पदार्थ खाने , पारासिटामोल खाने हो भने यो रोग निको हुने पनि बताउनुभयो ।
१५ वर्ष पहिले नेपालमा देखा परेको डेंगु नियन्त्रणका लागि सबैभन्दा पहिला घरवरपरका गमला , पुराना वट्टा , टायर , बाँसका ठुटाहरु जहाँ जहाँ सफा पानी जम्छ त्यहाँ सरसफाई गर्नु पर्ने हुन्छ । त्यसैगरी दिउँसो पनि झुल लगाएर सुत्ने , लामखुट्टेको टोकाईबाट बच्ने , शंका लागे स्वास्थ्य संस्थामा जानु पर्ने हुन्छ । यो रोग लागेमा झोलिलो ,पोसिलो कुरा खाने , आराम गर्ने र पारासिटामोल खाए ठिक हुने चिकित्सकहरुको भनाई छ ।

बुध, भदौ ११, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया