बोलबममा नुहाउन गएका युवाको मृत्यु


काठमाडौं, साउन २७ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा नुहाउने क्रममा बाग्मती नदीले बगाएर बेपत्ता भएका युवक मृत भेटिएका छन् ।

सिनामंगल बस्दै आएका रामेछापका २३ वर्षीय तेन्जिङ लामालाई गएराति ११ बजे नदीले बगाएको थियो । उनी बोलबमको लागि सुन्दरीजल गएका थिए ।

खोज तलासको क्रममा लामालाई गएराति करिब पौने ३ बजे फेला परेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

सोम, साउन २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter