प्रधानमन्त्री ओली सोमबार दिउँसो काठमाडौं फर्कने


काठमाडौं, २७ साउन । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो काठमाडौं फर्कने भएका छन् ।प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणको काम सकिएकोले आज फर्कन लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले जानकारी दिए ।

यसअघि गत शुक्रवार नैं काठमाडौं आउने कार्यक्रम रहेपनि नियमित स्वास्थ्य परिक्षण नसकिएपछि उनको बसाई केही दिन लम्बिएको हो ।

प्रधानमन्त्री ओली भोलि दिउँसो काठमाडौं आइपुग्ने आर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरिएको छ । उनी यही साउन १८ गते सिंगापुर गएका थिए ।

सोम, साउन २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter