अशोक लेलैण्ड रओम डेभलपमेन्ट बैंकबिच सम्झौता पत्रमा हस्ताक्षर


आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधाओम डेभलपमेन्ट बैंक लिमिटेडबाटपाउने भएका छन् । यसै अनुरुपग्राहकहरुले अशोक लेलैण्डको विभिन्नप्रकारका सवारी साधनहरुमाकर्जा सुविधाप्राप्तगर्ने भएका छन् । यो सुविधाले आगामीदिनमाग्राहकहरुलाई कर्जा सुविधाप्राप्तगर्न निकै सजिलो हुने दुबै कम्पनीकाप्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधामात्रनभई दुवै कम्पनीबिच संयुक्त रुममासहकार्य गर्दै अगाडी बढ्ने कुरामापनि सहमतिभएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापनाभएको हो । रेमिटेन्स, बैंकिङ्गइन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमालगानीविस्तार गर्दै नेपालमा रोजगारीकाअवसर सिर्जना गर्ने कार्यमाआइएमई ग्रुपनिरन्तर लाग्दै आएको छ ।

शुक्र, साउन २४, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया