भारतीय पूर्व बिदेमन्त्री सुष्मा स्वराजकाे निधन, प्रधानमन्त्री माेदीले दिए श्रद्वान्जली

भाेली अन्त्येष्टि गरिने


भारतका पूर्व बिदेमन्त्री सुष्मा स्वराजकाे ६७ वर्षकाे उमेरमा मृत्यु भएकाे छ । स्वराजकाे मंगलबार राति हृदयाघातबाटराति निधन भएको हाे ।

भारतीय जनता पार्टीकी वरिष्ठ नेता स्वराजको दिल्ली काे एम्स अस्पताल मा निधन भएकाे भाजपा नेता तरूण विजयजीले स्वराजजीको निधन भएको पुष्टि गरेका छन् ।

अस्पतालमा भाजपाका नेता तथा मन्त्रीहरूकाे उपस्थिति रहेकाे छ । अहिले उनकाे पार्थीव शरिर उनकै निवासमा लगिदै छ । भाेली उनकाे अन्तेष्टि गरिने परिवारलाइ उदृत गर्दै भारतीय सन्चार माध्यमले जनाएका छन् ।

निधन हुनु झण्डै  साढे ४ घण्टा अघि ७ बजेर २३ मिनेटमा उनले काश्मिरकाे बिषयलाइ लिएर उनले ट्वीट गरेकी थिइन् ।

नेतृ स्वराजकाे निधनमा दुख व्यक्त गर्दै भारतीय प्रधानमंत्री नरेंद्र मोदीले ट्वीट मार्फत श्रद्धांजलि दिएका छन् ।

मध्यप्रदेशका पूर्व मुख्यमंत्री शिवराज सिंह चौहान ले पनि ट्वीट गर्दै समवेदना दिएका छन् ।

मङ्ल, साउन २१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार