३३ किलो सुन प्रकरणः सर्वोच्चद्धारा उच्च अदालतकै निर्णय सदर, गोल्यान थुनामुक्त(आदेशको पूर्णपाठ)


काठमाडौ, १७ साउन ।
३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा जोडिएको मुद्धामा सर्वोच्च अदालतले एकजना बाहेक अन्य व्यक्तिको हकमा उच्च र जिल्ला अदालतको फैसला नै सदर गरेको छ ।

त्यस्तै व्यवसायी महाविर प्रसाद गोल्याललाई भने १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले यो मुद्दामा व्यवसायी गोल्याल बाहेक सबैको हकमा उच्च अदालतकै फैसला सदर भएको बताउनु भएको छ ।

लामो समयको बहसपछि आज न्यायधिशहरु अनिलकुमार सिन्हा र शुष्मालाल माथेमाको इजलासले अघिल्ला अदालतहरुको निर्णय नै सदर गर्ने निर्णय सुनाएको हो । सर्वोच्च अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणबारे ६२ पृष्ठ लामो आदेश जारी गरेको छ।

सुन प्रकरणमा र हत्या प्रकरणमा जोडिएका २९ जना जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङको निर्णय विरुद्ध सर्वोच्च अदालत आएका थिए । सर्वोच्चको यो निर्णयसँगै अब उनीहरुले जेलभित्र नै बसेर मुद्धा लड्नु पर्ने छ ।

निलम्बित डिएसपी सञ्जय राउत, महाविर प्रसाद गोल्याल, तुलाराम थारु, रामकुमार तिवारी, पूर्व्डिआइजी गोविन्द प्रसाद निरौला, हेमन्त गौतम, विमल पोद्धार, राजेन्द्र कुमार शाक्य, भुजुङ गुरुङ् लगायत २९ जनाले सर्वोच्च अदालत आएका थिए । अपराधिक समुह स्थापना संचालन सुन चोरी पैठारी र चोरी निकासी अपहरण शरीर बन्धक र कर्तव्य ज्यान मुद्धामा आरोपपत्र दायर भएको थियो ।

सुन प्रकरण र सनम शाक्य प्रकरणमा न्यायपरिषदले तीन न्यायाधीशलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। परिषद्ले न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेश सिंहलाई स्पष्टीकरण सोधेको थियो ।
त्यस्तै दुई न्यायधीशहरु अवकाश पाइसकेका कारण अनुसन्धान तामेलीमा राखेको छ।न्यायाधीश नगेन्द्र लाभ कर्ण र उमेश राज पौड्यालको मुद्दा तामेलीमा राखिएको हो ।

विराटनगरका तत्कालीन मुख्य न्यायाधीश डाक्टर कलुरत्न भुर्तेल, साराङ्गा सुवेदी र जनक पाण्डेलाई सामान्य ध्यानआकर्षण गराइएको थियो । उच्च अदालत मोरङको निर्णय अनुसार सुन प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहन, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायत साधरण तारिखका छुटेका थिए ।

Download (PDF, 720KB)

शुक्र, साउन १७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार