‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनीक


काठमाडौं,  १६ साउन । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘बेस्ट फुटबलर अवार्ड’को मनोनयन सार्वजनीक गरेको छ । पुरुषतर्फको शीर्ष १० खेलाडीको सूचीमा पोर्चुगलका क्रिस्चियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी परे भने ब्राजिलका नेयमार र क्रोएसियाका लुका मोड्रिच भने छैनन् ।

फिफाको मनोनयनमा नेदरल्याण्ड्सका डी योङ फ्रेङ्की, म्याटियास डे लिट र भर्जिल भन डाइक, बेल्जीयमका इडिन हाजार्ड, इंग्लण्डका ह्यारी केन, सेनेगलका सादियो माने, फ्रान्सका किलियन एम्बाप्पे र इजिप्टका मोहमद सलाहा रहेका छन् ।

म्यान्चेष्टर सिटीलाई गत सिजनको प्रिमियर लिग जिताएका कुनै खेलाडीले फिफाको शीर्ष १० खेलाडीमा स्थान बनाउन सकेनन् ।

च्याम्पियन्स लिगमा लिभरपुललाई उपाधि जिताएका भान डाईक, माने र सलाहाले बर्ष खेलाडीको मनोनयनमा आफुलाई पार्न सफल भए । मनोनयनमा प्रिमियर लिग खेल्ने ४ खेलाडी अटाएका छन् ।

बिहि, साउन १६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार